सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा
काठमाडौं । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली टीएमएस सञ्चालनमा आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज ब्रोकर नम्बर ३६ ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो ।
नयाँ कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न साउनमै स्वीकृति पाएको उक्त सेक्युरिटिजले प्राविधिक परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि आइतबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याउन लागेको नेपाल स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सेक्योर्ड सेक्युरिटिजका कार्यकारी अध्यक्ष सन्तोष मैनालीले बताए ।
उक्त कम्पनीमार्फत ब्रोकर खाता सञ्चालन गरी कारोबार गर्दै आएका लगानीकर्ताले आजदेखि नयाँ युजरनेम र पासवर्ड प्रयोग गरेर कारोबार गर्नसक्ने उनले बताए । यसका लागि कुनै थप शुल्क नलाग्ने उनको भनाइ छ ।
यो कारोबार प्रणालीले नेप्सेले हाल दिँदै आएको सुविधा भन्दा केही ‘युनिक’ सुविधा दिएको अध्यक्ष मैनाली बताउँछन् । यसले ग्राहकलाई कारोबारमा थप सहजता हुने उनको भनाइ छ ।

.gif)