कांग्रेसका भ्रातृ संस्थाहरुको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् ।
समितिले विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन गर्नेछ । कांग्रेसले नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरीलाई जिम्मेवारी दिएको छ ।
सदस्यहरुमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र रुक्मिणी कोइराला रहेका छन् । यस्तै, नेपाल तरुण दलमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ संयोजक, केन्द्रीय सदस्यहरु सरिता प्रसाईं र जीतजंग बस्नेत सदस्य रहेका छन् ।
यसैगरी नेपाल विद्यार्थी संघमा सहमहामन्त्री किशोरसिंह राठौर संयोजक, केन्द्रीय सदस्य राजीव ढुंगाना र प्रतिमा गौतम रहेको कार्यावाहक मुख्यसचिव डा। प्रदीप पराजुलीले बताए ।








