बाढीपहिरोबाट पीडित जनतालाई राज्यले राहत दिन सक्नुपर्छ : प्रभु साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्य सरोकार भएका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।
बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकार सहारा बन्नुपर्ने भन्दै अध्यक्ष साहले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनले आ-आफ्नो तर्फबाट पीडित जनतालाई सहयोग उपलब्ध गराउन सबैसँग आग्रह समेत गरे ।
बाढीपहिरोबाट जनधनका साथै लाखौँ जनताका अर्बौँ मूल्य बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे ।






