sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको आज संसदीय सुनुवाइ समितिमा संसदीय सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गरेको छ । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ । समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवलाई पनि बोलाएको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्