sevenstartv.com १६ असार २०८३, मङ्गलवार

होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो तीन तीन लाख जरिबाना

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीन(तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका  सामान फेला परेको छ । बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य ९एमआरपी०  भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।

दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भन

विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।

केही दिनअगाडि होटल संघ नेपाल ९हान० ले विभागबाट होटलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफू मातहतका ३ सयभन्दा धेरै होटलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।