sevenstartv.com १६ असार २०८३, मङ्गलवार

तीन संसदीय समितिको बैठक बस्दै

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बस्ने छ । समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने समिति सचिवालयले जनाएको छ । 

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक पनि बिहान ११ बजे बस्ने बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातसम्बन्धी विषयमा छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने राष्ट्रियसभा अन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ  । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को प्रतिवेदन मस्यौदामा छलफल हुने भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्