प्रधानमन्त्रीले विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
अमेरिका भ्रमणको बारेमा जानकारी दिन र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो आइपुगेका प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ । प्रधानमन्त्री ओलीले हिजै मन्त्रिपरिषद्को बैठक राखेर बाढी पहिरोका कारण कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।






