sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् ।

उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । 

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्