sevenstartv.com १६ असार २०८३, मङ्गलवार

धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

 काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ ।

केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तानेर उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्