sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेले बाेलायाे आकस्मिक बैठक

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । 

पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने जनाइएको छ । 
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने छ । 

बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्