sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्छ'

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्ने विशेष अधिकार दिनेगरी कानूनी व्यवस्था गर्न जरुरी रहेको बताएकाा हुन् । उनले लगानी बोर्डले लगानीकर्ताहरुले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको तर्क गरे । 

लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको भन्दै उनले पुनः निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रुपमा पुनःनिर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रुपमा लैजान आवश्यक रहेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्