लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस गरेकाे बार अध्यक्षको आरोप
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् ।
केही दिनपछि अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतमा २ जना न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले न्यायाधीशको सिफारिस हिसाब मिलानका लागि गरेको उल्लेख गरेका छन् ।






