sevenstartv.com १६ असार २०८३, मङ्गलवार

अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण छ : कार्यवाहक प्रधानमन्त्री सिंह

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज ४५औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरेका हुन्  । उनले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए । 

‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ रु त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,‘ पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’ 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्