'देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ'
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको बताएका हुन् ।
उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको बताए ।
मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। उनले भने, 'संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्नेछन् ।'






