sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं  । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट लिमिटेडसँग विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ ९क्यूआर स्क्यानिङ० मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन् । 

सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको ‘क्यास ब्याक’ को व्यवस्था पनि गरिएको छ। न्यूनतम ३० हजार रुपैयाँबराबरको कारोबारमा मात्र क्यास ब्याक गरिनेछ ।