sevenstartv.com १६ असार २०८३, मङ्गलवार

निर्माण व्यवसायीहरूका जायज माग सरकारले समाधान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री सिंह

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उनले निर्माण व्यवसायीहरूका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । उनले सरकारले निर्माण व्यवसायीहरूको हितमा गरेका काम आउने दिनमा पुष्टि हुने उल्लेख गरे । 

सिंहले भने ‘निर्माण व्यवसायीहरूका जायज माग सरकारले समाधान गर्नेछ। जतिसक्दो चाँडो समस्या समाधान गर्न विशेष ध्यान दिएर काम गरिरहेका छौं । आगामी दिनमा आउने परिणामबाट व्यवसायीहरूले थाहा पाउनु हुनेछ। निर्माण व्यवसायीहरूको निर्माण काम गर्न र भुक्तानी सहज रूपमा होस् भन्ने चाहना सरकारले चाँडै नीतिगत र ऐन संशोधन गर्छौं।’

उनले शहरी विकास मन्त्रालय अन्तर्गतको गत आर्थिक वर्षको भुक्तानी दिनुपर्ने ५६ करोड भुक्तानीको स्रोत समेत पहिचान गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्