sevenstartv.com १६ असार २०८३, मङ्गलवार

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

 मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ । स्थानीय तहमा ४१ पद रिक्त छन् । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्