प्रधानमन्त्री ओली र सामोआकी प्रधानमन्त्री माताफाबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र सामोआकी प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।






