कार्यवाहक प्रधानमन्त्री सिंह र सहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।
आज सिंहदरबारमा एक कार्यक्रमकाबीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धता सहितको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सहित आदान प्रदान गरिएको हो ।
त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए । कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरु सहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरेका छन् ।






