sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सहकारी र गोरखा मिडिया नेटवर्कको अनुसन्धानमा सीआईबीको टोली पनि खटिने

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं। सुदर्शन सहकारी र गोरखा मिडिया नेटवर्क जोडिएको ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली पनि अनुसन्धानमा खटिने भएको छ।

सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धानमा प्राविधिक सहयोगको लागि प्रहरी निरीक्षक नेतृत्वको दुई सदस्यीय टोली जाने बताए। यो प्रकरणको अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ।

संसदीय विशेष छानबिन समितिको सिफारिसपछि प्रहरीले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

यसअघि सहकारी मात्रको ठगी प्रकरणमा पनि सीआईबीले अनुसन्धानमा प्राविधिक सहयोग गरेको थियो।