sevenstartv.com १ पुष २०८२, मङ्गलवार

सञ्चारकर्मी संगिता अधिकारीको अभिनय रहेको दशैँ गीत सार्वजनिक

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ ।

गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दसैँलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् ।  लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशकभन्दा बढी नै गुमनाम हुन पुगेका थिए ।  उनका चर्चित गीतहरूमा नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौँ गीतहरूले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएका छन् । स्वर गायक घमेश दुलाल र शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ । 

त्यसैगरी गीत संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गीतकार तथा निर्देशक साजन पराजुलीको शब्द रहेको छ ।  गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ ।  

गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युकेको रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ । गीतको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।

गीतको भिडियोमा सञ्चारकर्मी संगिता अधिकारीको अभिनय रहेको छ । त्यस्तै गीतमा भीम बगाले, मनोज केशी लगायत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ ।एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रालिद्वारा निमार्ण गरिएको उक्त “खर्च दसैँलाई” बोलको गीत गायक घमेश दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=CdZm1AC_qzY

https://youtu.be/CdZm1AC_qzY

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्