sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न प्रधानमन्त्रीको आग्रह

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा प्रधानमन्त्री ओलीले उक्त आग्रह गर्नुभएको हो । ‘

नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयको संवादमा प्रधानमन्त्री ओलीले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको संख्या मात्रै बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको कतै उल्लेख नभएको बताउँदै फर्कनेहरूको संख्या पनि बढ्दै गएको स्पष्ट पार्नुभयो ।

उहाँले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’ जस्ता कार्यक्रम ल्याएको बताउँदै युवाबिना मुलुकको रुपान्तरण हुन सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले नेपालको आर्थिक अवस्था त्यति धेरै कमजोर नभएको बरु आफूले यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको बताउनुभयो । साथै उहाँले नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक आफ्रनो कुनै अभिष्ट नरहेको र समृद्धिको यात्रामा पूर्ण कटिबद्ध रहेको समेत बताउनुभयो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्