जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार भएका छन् । आज बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको प्रहरीले बताएको छ । तीमध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको जनाइएको छ ।
प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए । फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार झा छन् । अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर फरार भएका छन् ।
फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रहरीले जनाएको छ ।





















