sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नेताहरूको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी संगठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय संगठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको हो ।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव कुमार नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्