कांग्रेस सांसद् शर्माले गरे दुर्गा प्रसाईंको रिहाइको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. सुनील शर्माले सामाजिक अभियान्ता दुर्गा प्रसाईको गिरफ्तारिको घोर भत्षर्ना गर्दै तत्काल निशर्त रिहाइको माग गरेका छन् ।उनले सरकारले जनतालाई डेलिभरि दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारि विर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खवरदारि गर्ने अभियान्ताको वोलि वन्द गराउने गलत नियतले दुर्गा प्रसाईलाई गिरफ्तार गरेको बताएका हुन् ।
उनले भने, 'लोकतन्रमा स्वतन्त्र अभिव्यक्ति दीने हरेक नेपाली नागरिकको अधिकार हो । सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौ युवाको विवशता, कर्णालिमा तुइनवाट खसेर मृत्युवरण हुनुपरेको विधमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरवौ रकम विदेशिनपरेको वर्तमान परिस्थिति वारे सरकार अन्धो छ । तर गरिब र निमुखाहरुको आवाज वोक्ने अभियान्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान छ । यो भन्दा ठुलो राज्य अपाधिकरण के हन्छ ?'
उनले तत्काल सरकार र राज्यका जिम्मेवार निकायमा बसेका शासकहरुलाई सुध्रिन ध्यानाकर्षण गराएको बताए । लोकतन्त्रको घाटि निमोठ्ने काम बन्द गरियोस् भन्दै उनले तत्काल सामाजिक अभियान्ता दुर्गा प्रसाईको निशर्त रिहाईको माग गरेका छन् ।






