'सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको छ'
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको बताएका छन् ।
आज सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्या पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् । शहर व्यवस्थापनमा भएका समस्या पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए ।
उनले भने, ‘शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, सबै मिलेर अहिलेको व्यवस्थित शहर, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्नुपर्छ।’






