sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रिय जनमोर्चा पार्टीले चैत २४ गते संघीयताविरुद्ध आन्दोलन गर्ने

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले राजधानी केन्द्रीत आन्दोलनलाई सप्ताहव्यापीरुपमा सञ्चालन गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार मंसिर महिनाभरि देशव्यापी रुपमा प्रदेशदेखि स्थानीय तहसम्मका बैठकहरू गरिने छन् ।

पुस महिनाभरि देशव्यापी रुपमा जिल्लाजिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिने जनमोर्चाले जनाएको छ । माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने छ ।

बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत राजनीतिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । ‘पारित राजनीतिक प्रतिवेदनले मुलुकमा प्रतिगमनको खतरा गम्भीररुपमा देखापरेको तर गणतन्त्रवादी शक्तिहरूले प्रतिगमनको खतरालाई उपेक्षा गरेको वा त्यस विरुद्ध कुनै गम्भीरता नदेखाएको विषयलाई स्पष्टताका साथ किटान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्