चन्द्रपुरमाथि आर्मीको १० गोल, कोशीको पोष्टमा एपिएफले गर्यो ८ गोल
काठमाडौं । एन्फा महिला लिग फुटबलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गरेको हो । चन्द्रा भण्डारी र अमिषा कार्कीको ह्याट्रिकसँगै आर्मीले लिगको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ ।
योसँगै दोस्रो स्थानको आर्मीले सात खेलबाट १६ अंक जोडेको छ । एपिएफपछि सुपर लिगमा स्थान बनाउने आर्मी दोस्रो टोली बनेको छ ।
आर्मीको जितमा चन्द्रा र अमिषाले मात्रै ६ गोल गरिन्। हिमा चौधरी, दीपा शाही, अन्जन रानामगर र सर्मिला थापा मगरले समान एक गोल थपिन् ।
शुक्रबार भएको पहिलो खेलमा एपीएफले कोशीलाई ८-० को फराकिलो गोल अन्तरले हराएको छ । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन् ।
यस्तै अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरिन् । जीतसँगै एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ ७ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
कोशी उति नै खेलमा १० अङ्कसहित पाँचौं स्थानमा छ ।

.gif)