sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न तयार छाैँ : माधव नेपाल

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । 

काठमाडौंमा आज भएको सन्देश सभालाई सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताएका हुन्  । 

‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’

उनले सबै कुरामा छलफल गर्न तयार रहेको भन्दै राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै कुरा आए स्वीकार्य नहुने बताएका छन् ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्