sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क प्रस्थान

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन आज नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । 

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी हुनेछन् । 

प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ गते नेपाल फर्कने तालिका छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्