sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिगमा वालिङको चौथो जित

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं। वालिङ नगरपालिकाले एन्फा महिला लिगमा चौथो जित हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा बागमती युथ क्लबलाई ४-० ले पराजित गरेको हो। दुई विदेशी खेलाडी सिसी एन्टोङ्गो र ज्यकिलिन नस्सालीको सानदार प्रदर्शनसँगै वालिङ नगरपालिकाले  जित हासिल गरेको छ।

जितसँगै वालिङले ६ खेलबाट १२ अंक जोडेको छ। कोशीलाई पछाडि धकेल्दै वालिङ तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठौं स्थानमा रहेको बागमतीको चार अंक छ।

वालिङका ज्याकलिन नस्साली र सिसी एन्टोङ्गोले समान दुई गोल गरिन्। २२औं मिनेटमै सिसीको गोलमा वालिङले सुरूआती अग्रता लिएको थियो। आफूले नै प्रहार गरेको फ्रिककको रिबाउन्डमा उनले गोल गरेकी हुन्। ४०औं मिनेट सुक्रिया मियाँको पासमा उनले अर्को ग‍ल थपिन्।

५४औं मिनेट नस्सालीले रिबान्डमा अर्को गोल थप्दा वालिङले ३(० को अग्रता लिइसकेको थियो। ८३औं मिनेटमा उनले नै अर्को ग‍ोल थप्दै वालिङलाई सानदार जित दिलाइन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्