sevenstartv.com ५ पुष २०८२, शनिवार

काभा महिला भलिबलमा नेपाल पुलिस र माल्दिभ्सको क्लब भिड्ने, अपराजित यात्रा कायम राख्ने पुलिसको योजना

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित नेपाल पुलिस क्लबले बिहीबार चौथो खेल अन्तर्गत माल्दिभ्सको क्लबसँग प्रतिस्पर्धा गदैछ ।

पुलिसले विहीबार माल्दिभ्सको क्लब वाम्कोसँग नेपाली समय अनुसार राति ९ बजे पछि प्रतिस्पर्धा गर्नेछ । पुलिस विहीबारको खेल पनि जितेर अपराजित यात्रा कायमै राख्ने योजनामा छ ।

यसअघिका ३ वटै खेलमा पुलिस क्लब विजयी भएको छ । पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-०, दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३-० र ताजकिस्तानको डाइमेड क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो ।

पुलिसले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ । प्रतियोगितामा माल्दिभ्सका २ टीमसहित ६ टोलीको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्