sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अब अर्को बैठकमा छलफल हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्