sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : प्रधानमन्त्री

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।

अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका हुन् ।

आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ ।’

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्