sevenstartv.com १ पुष २०८२, मङ्गलवार

निर्देशक उमेश कार्की UK को निर्देशन, संगम थापा र जानुका थापा को स्वरमा वियोगान्त गितिभिडियो फर्केनन् परदेशी सार्वजनिक

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाण्डौ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको मुखैमा जानुका थापाको प्रस्तुतिमा  लोकप्रिय गायक तथा सर्जक संगम थापा र जानुका थापाको स्वरमा फर्केनन् परदेशी  बोलको गीत क्बवजब ऋचभबतष्यल युट्युब च्यानलमा भर्खरै सार्वजनिक भएको छ ।   पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशक उमेश कार्की  को निर्देशन मा बनेको भिडियो ले  अघिल्ला भिडियो झै यसपाली पनि हजारौं दर्शक को मन जित्ने आशा राखिएको छ।

गीतमा रामजी थापाको  लय मा वास्तविक घटना सँग जोडिएर सर्जक संगम थापाले शब्द सिर्जना गरेका छन् ।

निकै मर्मस्पर्सी गीतको भिडियोमा सन्तोष ढकाल, अनिता पौड्याल, रबिन ढकाल, अनिश थापा, कुमार थापा, रोमस श्रेष्ठ , विनिशा गौतमको जीवन्त अभिनय देख्न सकिन्छ । उक्त  म्युजिक भिडियो नुवाकोटको तादी र दुप्चेश्वर मन्दिर आसपासमा  मरुभूमि नारायणले छायांकन गरेका हुन् भने सम्पादन रोशन धिताल ले गरेका छन् ।

https://www.youtube.com/watch?v=4BIkYCak4MI

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्