sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । 

कारागार व्यवस्थापन विभागले कैदी छुट्नेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीले बताउनुभयो ।

९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ । यसअघि १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गण्तन्त्र दिवसमा पनि रिहा भएका थिएनन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्