sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिग : बाग्मती प्रदेशविरुद्ध आर्मीको जित

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । एन्फा महिला लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको छ । आर्मीको जितमा विमला चौधरी, अमिसा कार्की र सान्जी थिङले समान एक गोल गरे ।

पहिलो हाफको २६ औँ मिनेटमा विमलाको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोल गरेको आर्मीले दोस्रो हाफमा १ गोल थप्दा १ गोल भने उपहार स्वरुप पायो । बागमतीविरुद्ध आर्मीले गोलमा थुप्रै मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

जितसँगै आर्मी दोस्रो स्थानमा उक्लेको छ । लिगका चार खेलमा आर्मीले ३ खेलमा जित र एक खेलमा हार भोग्दै आर्मीले ९ अंक बनाएको छ ।

समान खेलबाट १० अंक भएको पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्