sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । आज कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभई उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘सञ्चय कोषमा सञ्चयकर्ताहरूले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठुलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरू नै हो । सञ्चयकर्ताहरूको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निक्षेप रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् । सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन । उपलब्धिको कोणबाट हेर्नुस् ।

उनले दक्ष र क्षमतावान् जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए । नेपालमा रोजगारीको पनि आवश्यकता भए पनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको उनको भनाई थियो । 

यो पनि पढ्नुहोस्