मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : धनराज गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले विज्ञप्तिमार्फत् समाचारप्रति आपत्ति जनाएका हुन् ।
सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै उपसभापति गुरुङले अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्दछु ।
उनले श्रीमतीले सहकारीमा काम गरेको र श्रीमतीसँग डिभोर्स भइसकेकाले यो विषयमा आफ्नो नाम जोडिनु गलत भएको दाबी गरेका छन् ।










