sevenstartv.com ९ मंसिर २०८३, बुधवार

ओरालो लाग्यो सुनको मूल्य

कतिमा भई रहेको छ कारोवार

९ मंसिर २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले गिरुावट आएको हो । मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, बुधबार ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य १०५ रुपैयाँले घटेर प्रतितोला ३०४० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ६ हजार ९ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६०६.५ रुपैयाँ कायम भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्