गोदावरी कुम्भ मेलाको तयारी शुरु
मूल समारोह समितिसहित नगर प्रमुखको संयोजकत्वमा कार्यसमित गठन
ललितपुर । ललितपुरको गोदावरी कुण्डमा लाग्ने १२ वर्षे कुम्भ मेलाका लागि ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । गोदावरी नगरपालिकामा सम्पन्न सरोकारवालाहरुसहितको सर्वपक्षीय बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।
त्यसैगरी उक्त बैठकले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । यो मेला वि.संं. २०८४ भदौ महिनामा लाग्नेछ । उक्त कार्यसमितिको सह संयोजक नगर उपप्रमुख मुना अधिकारी, सदस्यहरुमा गोदावरी नगरपालिका वडा नंं.का अध्क्षक्ष श्रीराज थापा, २ का वडा अध्यक्ष मनोहर सिल्वाल, ३ का वडा अध्यक्ष राज घिमिरे, वडा नंं.४ का वडा अध्यक्ष सानुभाइ नगरकोटी , वडा नं १३ का अध्यक्ष भाष्कर थापा , १४ नंं वडाका वडा अध्यक्ष निरोज बज्राचार्य रहेका छन् ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नंं २८ का वडा अध्यक्ष वीरेन्द्र महर्जन र वडा नंं.२९ का अध्यक्ष गणेश महर्जन उक्त कार्यसमितिको सदस्यमा छन् । यसका साथै रेडक्रस , स्काउट, पत्रकार, संघसंस्था, पुजारी, स्थानीय विद्यालय, उपसमितिका संयोजकहरु रहनेछन् । यसका साथै मेला सम्पन्न गर्नका लागि भौतिक,पूर्वाधार निर्माण समिति, सामाजिक संघसंस्था समिति र धार्मिक समिति समेत गठन गरिएको छ ।
भौतिक पूर्वाधार समितिको संयोजकमा गोदावरी नगरपालिका वडा नं ३ का अध्यक्ष राज घिमिरे, सामाजिक संघसंस्था समितिको संयोजकमा वडा नंं २ का अध्यक्ष मनोहर सिल्वाल धार्मिक समितिको संयोजकमा गोकुल पुरी रहेका छन् । यसैगरी प्रदेश र संघीय सांसदहरुलाई सल्लाहकारको रुपमा राखिएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम गनुपर्ने बताउँदै सडकको स्तरोन्नतिदेखि विस्तारसम्मको काम गर्न संघ र प्रदेशसँग समितिले संमन्वय गर्ने बताए ।
उनले भने, ‘ मेला भर्ना आउने लाखौ भक्तजन र दर्शनार्थीका कारण सडकमा चाप अत्यधिक पर्छ, साँघुरा सडकले मेलालाई प्रभावित बनाउँछ , मेलालाई केन्द्रमा राखेर, हरिसिद्धि र ठैबमा सडक विस्तारको काम अघि बढाउनु अनिवार्य छ, नगरिकलाई उचित मुआब्जा दिएर सडक विस्तार गर्नुपर्छ ।, यसका लागि प्राविधिकहरुसँग छलफल गरेर संघ र प्रदेशसँग समन्वय गर्छौ ।’ उनले आवश्यकता अनुसार समितिहरु विस्तार गर्दै जाने जानकारी दिए । प्रदेश सांसद मधुसुदन पौडेलले यो मेरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रख्यात रहेकाले व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।
सरोकारवालाहरुबीचको सहकार्य र समन्वयले मेला सफल हुने बताए । यसअघि मेला २०७२ साल भदौ महिनामा लागेको थियो । गोदावरी नगरपालिका वडा नं। १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले मेलालाई व्यवस्थित बनाउन र सफल बनाउन पार्किडको व्यवस्था राम्रो हुनुपर्ने धारणा राखे । उनले विभिन्न संघसंस्थासँग समन्वय गरेर पार्किङ व्यवस्थित गर्न सकिने बताए ।
ललितपुर महानगर वडा २८का वडा अध्यक्ष वीरेन्द्र महर्जनले पालिकाहरु र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर मेला सफल बनाउनुपर्ने धारणा राखे ।


-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)



-91.jpg)

-72.jpg)
-26.webp)


