sevenstartv.com ११ साउन २०८३, सोमवार

साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ

७ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक मध्यपूर्वमा ठूलो जोखिम मोल्ने रणनीतिमा अघि बढेका छन् । बुधबार साउदी अरेबियासँग सम्पन्न भएको नयाँ शान्तिपूर्ण (नागरिक) आणविक ऊर्जा सम्झौताले ट्रम्पको शासन शैली र विदेश नीतिको मूल दर्शनलाई स्पष्ट रूपमा झल्काउँछ ।

सबैभन्दा पहिले, यो एउटा ‘सम्झौता (डिल)’ हो । अनि ट्रम्पको राजनीतिक जीवन मात्र होइन, उनको सम्पूर्ण व्यक्तिगत जीवनको केन्द्रमा रहेको अवधारणा हो ।यससँगै, यो सम्झौताले अमेरिका नेतृत्वको विश्व व्यवस्थाको आधार बनेका अन्तर्राष्ट्रिय नियम, मापदण्ड र परम्परालाई बेवास्ता गर्न ट्रम्प कत्तिको तयार छन् भन्ने पनि देखाउँछ त्यति मात्र होइन, युद्ध र तनावले भरिएको मध्यपूर्वमा यो सम्झौताले नयाँ अनिश्चितता थपेको छ । इरानसँगको युद्ध नियन्त्रणबाहिर जाने संकेत देखिइरहेका बेला ट्रम्पले फेरि अर्को ठूलो भूराजनीतिक जोखिम उठाएका छन् ।यही नै ट्रम्पको विशिष्ट शैली हो । चाहे मध्यपूर्वको शक्ति सन्तुलन फेरबदल गर्ने कुरा होस् वा ह्वाइट हाउसको नीति परिवर्तन गर्ने, उनी अन्तिम परिणाम के हुन्छ भन्ने स्पष्ट अनुमानबिनै निर्णय गर्न रुचाउँछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्