मिटरब्याज पीडितसँग छलफलमा गृहमन्त्री
पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद
बारा । असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ विश्राममा थियो ।
जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुलाई गृहमन्त्री सुधन गुरुङले उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई भेट्न पुगेका हुन् ।
बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए । उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् ।
राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।
गृहमन्त्री गुरुङ भेट्न आउने जानकारी पश्चात मिटरब्याज पीडित रोकिएको र गृहमन्त्री आए पछि आफ्ना समस्या र मागहरु बारे गृहमन्त्रीलाई जानकारी गराउँदै छलफल भइ रहेको नेता पासवानले बताएका छन् ।




















