sevenstartv.com १० साउन २०८३, आइतवार

वालेन नेतृत्वको सरकार दसैँसम्म टिकाएर देखाउन दुर्गा प्रसाईँको चुनौती

२८ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारका काम कार्वाही माथि प्रश्न गर्ने जो कोहिलाई पनि वालेन्द्र शाह नेतृत्वको सरकारले धरपकडको विकल्प रोज्ने क्रम जारी छ । राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँ झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने वाहाना बनाउँदै सरकारका विरुद्वमा आउने आवाजलाई रोक्ने कोषिशमा प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेको थियो ।

प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी शाह नेतृत्वको सरकार दसैँसम्म टिक्ने भविष्यवाणी गरेका छन् । उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गर्दै भने, दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो ।

अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ? प्रसाईले वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको जिकिर गर्दै प्रसाईँले भने, दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ? भन्दै सरकार प्रति प्रश्नमाथि प्रति प्रश्न गरे ।

उनले आफूलाई भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको बताउँदै सरकारको सो कदम सफल नहुने दावी गरेका छन् । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह गर्‍यो भनेर घण्टेहरू दुस्प्रचार गरे भन्दै उनले थपे, उनीहरूजस्तो लुटेरा हो ? यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भन्दा अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित गराउने खोजेको आरोप लगाए । सरकारले जो बोल्छ त्यसैलाई ठेगान लगाउने हो भन्ने मनसाय राखेको बताउँदै अभियान्ता प्रसाईले भने सरकार उल्टो बाटोमा हिँडेको छ यसको दुर्घटना निश्चित छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्