sevenstartv.com १० साउन २०८३, आइतवार

सुनको मूल्यमा सामान्य बृद्वी हुँदा चाँदीको मूल्य घट्यो

२८ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपयाँले बृद्वी भएको छ भने चाँदी ३५ रुपयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ८८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला २ लाख ८७ हजार ४ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५१० मा कारोबार भएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्