sevenstartv.com १० साउन २०८३, आइतवार

सरकारलाई जनताको लाइफ भन्दा संजालमा आउने लाइक प्रिय भयो : गगन थापा

२१ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको सय दिनको काम जनताको लाइफ भन्दा आफ्नो पक्षमा आउने लाइक कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढिरहनु रहेको टिप्पणी गरेका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकार भर्चुअल तालीममा रमाइरहेको टिप्पणी गरेका गरेका हुन् । उनले सरकारको सय दिनको उपलब्धि भनेकै आफुलाई केन्द्रमा प्रचारबाजी गर्नु रहेको आरोप लगाएका छन् ।

जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको सभापति थापाको दावी छ । थापाले केही व्यक्तिलाई पक्राउ गर्ने कुरामा सरकार रमाइरहेको बताउँदै जनताका समस्यामा केन्द्रित रहेर जनताको सरकार हो भन्ने कुराको आभास दिलाउन आग्रह गरेका छन् ।

सभापति थापाले अहिले देशमा व्यापक भय र त्रासको वातावरण बढ्दै गएको प्रति सरकार चनाखो हुनु पर्ने औल्याउँदै भने, बोल्न डराउने अवस्था सिर्जना भएको छ, सरकारले डर, त्रास र धम्की दिनु भन्दा शान्ती सुरक्षा कायम गर्दै अघि बढ्नु पर्ने हुन्छ । उनले अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको र कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको समेत जिकिर गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्