काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा फाइनल प्रवेशका लागि आज नेपालले इरानसँग खेल्दैछ । खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन् । यी दुईको खेल दिउँसो ३ बजे त्रिपुरेश्वर स्थित कभर्ड हलमा हुनेछ । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने श्रीलंका तालिकाको पुछारमा रहेर अन्तिम चारमा स्थान बनायो । नेपाल र इरान तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेर सेमिफाइलमा स्थान बनाए ।
नेपालले श्रीलंका र माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । भारतलाई महिला भलिबलमा पहिलो पटक हराएको नेपाली टोली भने इरानसँग ३(२ को सेटमा पराजित हुन पुग्यो । आज भने समूह चरणमा हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्नु पर्ने नेपाललाई चुनौति रहेको छ ।

.gif)