sevenstartv.com २ पुष २०८२, बुधवार

भेनेजुएलामा आयात निर्यात हुने सबै तेल ट्यांकरमा पूर्णरूपमा नाकाबन्दी गर्न ट्रम्पको निर्देशन

२ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरहरूमा पूर्णरूपमा नाकाबन्दी लगाउन निर्देशन दिएका छन ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा भेनेजुएलालाई ‘आतंकवाद, लागू औषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै नाकाबन्दी लगाउन निर्देशन दिएका हुन । उनले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमा पूर्ण र सम्पूर्ण नाकाबन्दीको निर्देशन दिएको जनाएका छन । 

एक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुट’ भनेर आलोचना गरेका थियो । त्यसपछि ट्रम्पले तेल ट्यांकरमा नाकाबन्दीको निर्देशन दिएका हुन । ट्रम्पको यस नयाँ निर्देशनले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो उतारचढाव आउन सक्ने अनुमान गरिएको छ । 

अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्ना वायुसेना र नौसेना तैनाथ गरेको छ। यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिक समावेश रहेको बीबीसीले जनाएको हो । अमेरिकाले सोही क्षेत्रमा धेरै डुंगामाथि आक्रमण गरेको छ । जसमा हालसम्म ८० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्