इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाउने निर्णय
काठमाडाैं । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।
प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ । प्रतिबन्धको कार्यान्वयनसँगै कक्षा कोठामा शैक्षिक कार्यक्रम र अभिभावकसँगको संवादमा सन्तुलित फोनको प्रयोग गर्न सिकाउन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग (बालबालिकाद्वारा) रोक्न र उमेरको अनुपयुक्त सामग्रीको जोखिम कम गर्न सकियोस् भन्ने हो ।
अबदेखि तत्कालै पनि विद्यालयहरूले उनीहरूको विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्दछन् तर सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागू हुनेछ । सेप्टेम्बरमा स्कूल वर्ष सुरु भएदेखि नगरपालिकाको निर्णयमार्फत तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयहरूमा स्मार्टफोनमा प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलिया र फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोनमा यस्तो प्रतिबन्ध लगाइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा शिक्षा निकाय युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वभरका ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयमा स्मार्टफोनको प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको थियो । यो सन् २०२३ सम्म ३० प्रतिशत मात्र थियो ।

.gif)