बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता रहेको युनिसेफको दाबी
काठमाडौं । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग पु¥याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।
विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन् । जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ । दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेका छन् । र सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ ।
पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ । त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन् ।
सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ । सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका छन्, र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् ।
द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख छ ।

.gif)